Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include() [function.include]: Failed opening '../config.php' for inclusion (include_path='.:/usr/lib/php:/usr/local/lib/php') in /home/baideshi/public_html/include/news_details.php on line 57 National News खाडीमा दाजुभाइ अलपत्र 05 Feb, 2010
बैदेशिक रोजगारीका लागि गएका एकै घरका दुई दाजुभाइ साउदीअरबको दमाम
बिमानस्थलमा अलपत्र परेका छन् । उनीहरुकी आमा तिलामाया दाहालले दिएको
जानकारी अनुसार १० महिनासम्म जेल भुक्तानी गरेर छुटेका दमक ९ का राम र
लक्ष्मण दाहाल चारदिनदेखि बिमानस्थलमा अलपत्र अवस्थामा छन् ।
त्ाीन बर्षअघि त्यहाँ पुगेका उनीहरुलाई नौ महिनासम्म तलब नदिएपछि
त्यहाँबाट भागेका थिए । घर आउने खर्च जुटाउनलाई बाँकी समय साउदीमै लुकेर
काम गरेपनि रकम जम्मा गर्न नसकेपछि गत बैशाखमा उनीहरुलाई त्यहाँको
प्रहरीले पक्राउ गरेर केही दिन अघि रिहा गरेको थियो ।
जहाज खर्च भनेर आमा तिलमायाले यताबाट गाँउकै एक आफन्तलाई ६० हजार रुपैंया
पठाइ दिएकोमा उक्त रकमले नपुगेको र पैसा थप्नुपर्ने बिमानस्थलका
अधिकारीहरुले बताएको पनि तिलमायाले बताइन् ।
छोराहरुका अनुसार त्यहाँको नेपाली दुताबासका अधिकारीहरुले यो बिषयमा चासो
राखेदेखि उनीहरु सजिलै नेपाल आउने वातावरण बन्ने कुरा आमालाई बताएका छन् ।
'मेरा छोराहरु पुनः पक्राउ पर्न सक्छन् । उनीहरुलाई सकुशल फर्काइ दिन
राजदुताबासले सहयोग गरिदिए हुन्थ्यो' उनले भनिन् ।