Home | About Us | Advertise | Contact Us | Terms of Use
HOME RECENT JOBS POST JOBS MANPOWER AGENCIES FAQ
» Manpower Agencies
» Languages Centers
» Training Centeres
» Sec. Guards Training
» Migration Consultants
» Job Consultant
» Travel Agencies
» Cargo / Courier Services
» Money Transferors
» Insurance Companies
» Medical Checkup Centers
» Education Consultants
Jobs By Country
Bahrain (1)
Canada (1)
Ghana (0)
Iran (0)
Malaysia (1)
Nepal (3)
New Zealand (1)
Oman (1)
Qatar (9)
Saudi Arabia (2)
Sweden (1)
United Arab Emirates (14)
United Kingdom (5)
» Manpower News
» Nepali Embassies
» Neplalese Consulates
» Tel. Code Number
» Job Countries
» Flight Information

Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57

Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57

Warning: include() [function.include]: Failed opening '../config.php' for inclusion (include_path='.:/usr/lib/php:/usr/local/lib/php') in /home/baideshi/public_html/include/news_details.php on line 57
National News
कतारका मिडियामा नेपाल प्राथमिकता
05 Feb, 2010

 नेपाल रेडक्रसले आफ्नो कार्यालयको सुरक्षा गरिरहेको एउटा कुकुरलाई मासिक एक हजार रुपैयाँ तलब तोकेको छ । रेडक्रस कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पूर्वी नेपालको दमक उपशाखामा कार्यरत उक्त कुकुरले बिदाको दिन 'ओभरटाइम' पनि पाउने छ ।

'यो कुकुरले यति ठूलो काम गरिरहेको छ,' उपशाखाका अध्यक्ष मानबहादुर बुढाथोकी भन्छन्, 'राति सुरक्षा गार्डलाई नै ढुक्क छ ।' कुकुरले पाउने तलब अब उसलाई मीठोमीठो खाना, दिनैपिच्छे कम्तीमा एकपटक मासु, दूध, बिस्कुटजस्ता वस्तु किन्न प्रयोग गरिनेछ ।

यो रोचक समाचार एएफपीबाट साभार गरी कतारका प्रमुख अंग्रेजी दैनिक 'गल्फ टाइम्स', 'कतार टि्रब्युन' र 'दि पेनिन्सुला' ले छापेका छन् । संयोग ! तीनवटै पत्रिकामा मंगलबार योसहित बेलायतमा नेपाली विद्यार्थीको भिसा रोकिएकोविरुद्ध काठमाडौंमा भएको प्रदर्शन पनि समेटिएको छ । यहाँका लोकपि्रय यी दैनिकले हरेक दिनजसो नेपालका समाचार सकेसम्म छुटाउँदैनन् । नेपाली राजनीति, संस्कृति, पूर्वराजपरिवारका गतिविधि, मानवीय रुचिका विषयलगायत यहाँका मिडियाका प्राथमिकतामा पर्छन् । स्थानीय रूपमा नेपाली कामदारका समस्या, नेपाली समुदायका क्रियाकलाप, सांस्कृतिक कार्यक्रमजस्ता विषयलाई पनि उनीहरू महत्त्व दिन्छन् । कतारस्थित नेपाली नियोगले जनवरी १ बाट स्वदेशी श्रमिकको तलब २ सय रियाल बढाउने निर्णय गर्‍यो । त्यो समाचार कान्तिपुरमा छापियो । त्यही स्रोतमा आधारित भई यसलाई 'गल्फ टाइम्स' ले प्रथम पृष्ठको मुख्य समाचार बनायो ।

'कान्तिपुरमा समाचार आएपछि गल्फ टाइम्सका संवाददाताले तलब वृद्धिबारे के हो भनेर मलाई सोधेका थिए,' राजदूत डा. सूर्यनाथ मिश्रले भने, 'भोलिपल्ट फस्ट पेजमा प्राथमिकतासाथ छापिएछ ।' कतार टि्रब्युनले पनि यो समाचार प्रकाशित गरेको थियो ।

मिश्रका अनुसार कतारी पत्रिकाका संवाददाताहरूले बढी श्रम केन्दि्रत विषय, त्यसपछि पर्यटन र नेपाली समुदायका कार्यक्रमबारे सोध्ने गरेका छन् । श्रमका विषयमा श्रमिकका समस्या, मृत्यु, दुर्घटना, कामदारको बिचल्लीजस्ता विषयमा उनीहरूको बढ्ता चासो हुन्छ ।

तैपनि सबै मिडियाले सबैभन्दा महत्त्व दिने विषय भने राजनीति हो । 'नेपालका राजनीतिक घटनाक्रमले यहाँका नेपालीलाई समेत प्रभाव पार्ने भएकाले प्राथमिकता दिने पत्रिकाको नीति छ,' कतार टि्रब्युनका कपी एडिटर बद्री पोखरेल भन्छन्, 'नेपालका अन्य विषय पनि छनोटमा पर्छन् नै ।' केही महिनाअघि 'कतार टि्रब्युन' ले कतारमा नेपाली मिडियाको योगदानबारे विशेष समाचार दिएको थियो ।

नेपालमा तीनवटै पत्रिकाका संवाददाता छैनन् । उनीहरू एपी, एएफपी, रोयटर्स, आईएएनएसलगायत अन्तर्राष्ट्रिय एजेन्सीका समाचारमा नेपाल खोज्छन् । पोखरेलका अनुसार नेपाली पत्रिका र अनलाइन पनि समाचार स्रोत बन्ने गरेका छन् ।

बाह्र वर्षदेखि कतारमा बस्दै आएका मिडिया जानकार शिखर वैद्यको अनुभवमा यहाँका पत्रिकाले प्रायः नेपाली घटनाक्रम छुटाउँदैनन् । 'नेपाली पाठक र क्रेताको अनुपातमा नेपालका समाचारको प्रयोग धेरै नभए पनि सन्तोषजनक छ,' ट्राभल एजेन्सीका सफ्टवेयर प्रोग्रामर वैद्य भन्छन्, 'जनसंख्याका हिसाबमा यहाँ भारतपछि धेरै नेपाली छन् तर कभरेज अनुपात त्यो अनुसार हुन सकेको छैन ।'

आप्रवासी कामदारको बाहुल्य भएको कतारमा सबैभन्दा धेरै भारतीय साढे ४ लाख र त्यसपछि नेपाली साढे ३ लाख छन् । पाकिस्तानी र फिलिपिनोको संख्या नेपालीको भन्दा कम छ तर अंग्रेजी पढ्ने क्षमता र क्रय शक्तिका कारण नेपालभन्दा फिलिपिन्स र पाकिस्तानका समाचारले बढी स्थान पाउने गरेका छन् ।

वैद्य दैनिक यहाँबाट प्रकाशित हरेक पत्रिका छिचोल्छन् । उनले देखेअनुसार यहाँका पत्रिकाले नेपालका पर्व र जात्राहरू बर्सेनि छापेकै हुन्छन् । नेपाललाई प्राथमिकता दिएरै हुन सक्छ तीनवटै पत्रिकाले नेपाली पत्रकार राखेका छन्, जसले स्थानीय नेपालीमा समाचारलाई जोड दिन्छन् ।

फोटो छनोटमा पनि यहाँका पत्रिका सकेसम्म नेपाललाई बिर्संदैनन् । बुधबार गल्फ टाइम्सले काठमाडौं नयाँ बानेश्वरमा दलित मानव अधिकारकर्मीहरूले गरेको धर्नाको फोटो ठूलो आकारमा छापेको छ । 

चालीसभन्दा बढी पृष्ठसहित ग्लेज्ड पेपरमा प्रकाशित कतारी पत्रिकाहरूले युरोप, अमेरिका र एसियाका समाचार देशअनुसार पेज छुट्टयाएर प्रकाशित गर्छन् ।

Source: eKantipur
« Back

You can leave your response on above articles . Comments ( 0)
  Comment on News    





 

EPS-KLT Result of Nepal

Employers' Section
» Login
» Registration
Job Seekers' Section
» Login
» Registration

Japan Employment Special
» Industrial Training and Technical Internship Guidebook (Download)
» Operative Manual for Sending Organizations (Download)
» JITCO Pamphlet (Download)
» Guidelines for pre-dispatch education of trainees
-Japanese language (Download)
Load Shedding Schedule (Magh 14 66)

Copyright 2007-2009 baidesikrojgar.com. All right reservd. Free counter and web stats Website Hosted By: HostInNepal.com
Designed & Developed By: Nepal Software Developer (NSD)