Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include() [function.include]: Failed opening '../config.php' for inclusion (include_path='.:/usr/lib/php:/usr/local/lib/php') in /home/baideshi/public_html/include/news_details.php on line 57 National News न्यूयोर्कको जनता एक्सप्रेस प्रभू मनि ट्रान्सफरद्वारा खरिद 05 Feb, 2010
अमेरिकाको न्युयोर्कबाट नेपाल र बंगलादेशका रकम पठाउने (मनि
ट्रान्सफर) कारोबार गर्दै आएको जनता एक्सप्रेस कर्पोरेशनलाई प्रभु मनि
ट्रान्सफर, नेपालले खरिद गरेको छ ।
यही फेरवरी १ तारिखदेखि
बिधिवत रुपमा जनता एक्सप्रेस प्रभूमनीको स्वामित्वमा आएको हो । प्रभु
विभिन्न मुलुकबाट रकम पठाउने नेपालकै अग्रणी कम्पनी मध्येको हो ।
प्रभुका अध्यक्ष देवीप्रसाद भट्टचनले जारी गरेको बिज्ञप्तिमा
सेवाग्राहीलाई थप सुबिथा पु-याउन न्युयोर्कको ज्याक्शनहाइटस्थित बंगलादेश
प्लाजामा जनता एक्सप्रेसको मुख्या कार्यालय स्थापना गरिएको उल्लेख गरेको छ
।
त्यसैगरी न्युयोर्ककै क्विन्सको हिलसाइड एभेन्यु जमैका, चर्च एभेन्यु
बु्रकलिन र स्टर्लिङ्ग एभेन्यु ब्रोन्सबाट पठाएको रकम पनि अब नेपालमा
प्रभु मनि ट्रान्सफर प्रा.लिको जुनसुकै शाखा, प्रशाखाबाट प्राप्त गर्ने
सकिने उल्लेख गरेको छ । त्यसैगरी बैक खाता मार्फत पनि लिन सकिने व्यवस्था
रहेकेा उल्लेख गरेको छ ।
प्रभुले नेपालमा बिभिन्न बाणिज्य, बिकास बैंक, फाइनान्स, सहकारी तथा
प्राइप्रेट कम्पनी गरी छ सय वटा एजेन्ट मार्फत सेवा दिदै आएको छ । त्यसै
गरी भारतका ५६ हजार बैकहरुमार्फत नेपालमा पैसा पठाउने काम प्रभुले
गरीरहेको उल्लेख छ ।
छिट्टै भारत र पाकिस्तान तथा विश्वका जुनसुकै ठााउबाट रकम पठाउन र प्राप्त
गर्न सकिने व्यवस्था गर्न लागिएको पनि बिज्ञप्तिमा उल्लेख छ । प्रभुले
मलेशियाको बिभिन्न स्थानहरुमा आफ्ना कार्यालय खोली कारोबार गर्नुको साथै
साउदी अरब, कुबेत, बेलायत, बहराइन, कतार, दुबईलगायतका देशहरुबाट नेपालमा
रकम प्राप्त गर्ने ब्यबस्था गर्दै आएको छ ।