Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include() [function.include]: Failed opening '../config.php' for inclusion (include_path='.:/usr/lib/php:/usr/local/lib/php') in /home/baideshi/public_html/include/news_details.php on line 57 National News तलब वृद्धि कार्यान्वयनका लागि मन्त्रालयमा ज्ञापनपत्र 05 Feb, 2010
नेपाली दूतावास, कतारले जनवरी १ देखि लागू हुने गरी गरेको श्रमिकको
तलब वृद्धिको सिफारिसलाई कार्यान्वयन गर्न संघ संस्थाहरूले सरकारलाई
दबाबस्वरूप ज्ञापनपत्र पठाएका छन् । यहाँस्थित करिब ६० संस्थाले हस्ताक्षर
गरी सरकार विभिन्न निकायहरूका ज्ञापनपत्र पठाएका हुन् ।
ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परारष्ट्र मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय र वैदेशिक रोजगार
विभागमा मंगलबार फ्याक्समार्फत पठाएको अभियानका सदस्यहरूले बताए । उनीहरूले दोहास्थित
नेपाली दूतावासलाई ज्ञापनपत्र बुझाएका थिए । नेपाली श्रमिकको तलब अत्यन्न
न्यून भएकाले यो वृद्धिलाई सरकारले तत्काल निर्णय गरी कार्यान्वयनमा
ल्याउन उनीहरूले माग गरेका हुन् । तलब वृद्धिलाई समर्थन गर्दै
कार्यान्वयनका लागि दबाब दिने संस्थाहरूमा कतारस्थित विभिन्न सामाजिक,
पेसागत, जिल्लागत लगायतका छन् । दूतावासले यसैबाट महिनौंदेखि कामदारको
खाना खर्च कम्पनीले बेहोर्नुपर्ने वा त्यसबाट मासिक २ सय रियाल दिनुपर्ने
सिफारिस गरेको छ । जसअनुसार कतारका केही कम्पनीहरूले मागपत्र स्वीकृतसमेत
गराएका कामदार मगाएका छन् । संघसंस्थाहरूले सरकारले त्यसलाई तत्काल निर्णय
गरी कार्यान्वयनमा ल्याउन हस्ताक्षर अभियान चलाएका थिए ।
तलब बढाउने सिफारिसबाट नेपाली श्रमिकका हित र देशको राजस्वसमेत बढ्ने
भएकाले सरकारलाई तत्काल निर्णय गर्न दबाब दिनका लागि हस्ताक्षर संकलन गरी
मन्त्रालय पठाएको अभियानका सदस्य गोर्खा प्रवासी संघका अध्यक्ष श्रीकृष्ण
भट्टराईले बताए ।
अभियानमा गोर्खा, धादिङ, स्याङ्जा, बागलुङ, नुवाकोट, कास्की, उदयुपुर,
चितवन, लमजुङ, सिरहा, सर्लाली, धनुषा, महोत्तरी, सप्तरी, कपिलवस्तु,
ओखलढुङ्गा, मकवानपुर, रुपन्देही, मोरङ- सुनसरी, खोटाङ, सिन्धुपाल्चोक,
रोल्पालगायतका संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । त्यस्तै,
नेपाली जनप्रगतिशील मञ्च, नेपाली प्रगतिशील यातायात मजदुर संघ, मनकामना
सांस्कृतिक परिवार संघ, सुरक्षा सचेतना केन्द्र, प्रवासी नेपाली मुस्लिम
समाज, शब्द चिन्तन संघ, मितेरी युनिट, थारू कल्याणकारिणी सभा, किराँत राई
यायोक्खा, नेपाल इन्जिनियर एसोसिएसन, नवोदित साहित्यिक वाचनालय र केम्को
ड्राइभर समूहले तलब वृद्धिको समर्थन गर्दै सरकारले तत्काल निर्णय
कार्यान्वयन गर्न माग गरेका छन् ।
यस्तै गैरआवासीय नेपाली
यातायात मजदुर संघ, गाउँ सहर समाज कल्याण अभियान, नेपाली प्रवासी मगर संघ,
पाथीभर यवा सेवा समाज, नेपाल दराई प्रवासी सेवा समाज, जनप्रयत्न उपत्यका
समाज, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल प्रवास दलित एकता
संगठन, नेपाल आप्रवासी तामाङ समाज, केम्को मैत्री नेपाल शान्ति क्लब,
अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ, तमु बौद्ध सेवा समिति, गाउँ सहर
कल्याण अभियान, व्यवसायी टीबी कार्की, चार्टर्ड एकाउन्टेन्ट दिलमान
चन्दलगायतले अभियानमा हस्ताक्षर गरेका छन् ।
ज्ञापनपत्रमा दूतावासको पहलमा हाल वृद्धि गरिएको खाना खर्च
बापतको मासिक दुई सय रियालले श्रमिक वर्गहरू हषिर्त छन् भन्दै श्रम
मन्त्रालयले निर्णय लागू गराउनुको साटो मानेन भन्नेजस्ता भनाइहरू बाहिर
आएकाले तत्काल निर्णय गरी कार्यान्वयन गर्न माग गरिएको छ ।
रेमिटान्सकै भरमा मुलुकको अर्थतन्त्र धानिएको भए पनि सरकार वैदेशिक
रोजगारीमा जाने नेपालीहरूको समस्याप्रति उदासीन भएको भन्दै ज्ञापनपत्रमा
दुःख व्यक्त गरिएको छ । श्रम मन्त्रालयको यस्तो प्रतिक्रियाले सरकारले
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दुःख बेहोर्नुपर्ने मात्र होइन
मुलुकको वैदेशिक साख र प्रतिष्ठासमेत गुम्ने खतरा देखिएको ज्ञापनपत्रमा
उल्लेख छ । ज्ञापनपपत्रमा प्रवासी नेपालीहरूका हितमा सुदृढ खालका
श्रमनीतिहरू ल्याउन तथा वैदेशिक रोजगारलाई अझै व्यवस्थित बनाउन
बुद्धिमत्तापूर्ण रूपमा ठोस पहल चाल्नसमेत आग्रह गरिएको छ ।
यसैबीच नेपाली जनसम्पर्क समिति कतारको एक
प्रतिनिधिमण्डलले १८ जनवरीमा राजदूत डा. मिश्रलाई भेट गरी खाना बापतको
मासिक दुई सय रियाल वृद्धिको स्वागत गरेको बताएको छ । महामन्त्री विमल
सुवेदीद्वारा जारी विज्ञप्तिमा नेपाली कामदार ल्याउन चाहानेहरूसँग
एगि्रमेन्ट गर्ने निर्णयको जनसम्पर्क समितिले स्वागत गरेको उल्लेख छ ।
दूतावासले मागपत्रमा कम्पनीलाई दुईतर्फी हवाई टिकटको व्यवस्था स्पष्ट
रूपमा उल्लेख गर्नुपर्ने भनेको छ । कतारको कानुनमा कामदारको दुईतर्फी
हवाई टिकट कम्पनीले बेहोर्नुपर्ने भने पनि कतिपय कम्पनीहरूले मागपत्रमा
खुलाउने गरेका थिएनन् । यस्तै, मकबानपुरे मिलन केन्द्रका अध्यक्ष जेएस
लामाले छुट्टै विज्ञप्ति जारी गर्दै बढ्दो महँगीको भार थेग्न दूतावासले
कामदारको खानाबापतको रकम बढाउन गरेको निर्णय समय सान्दर्भिक छ भन्दै
स्वागत गरेको छ ।
यस्तै जनवरी १२ मा नेपाली दूतावासमा प्रवासी नेपाली सम्पर्क मञ्चले
ज्ञापनपत्र बुझाउँदै तलब वृद्धिलाई स्वागत गर्दै सरकारी निर्णयको पालना
हुनुपर्ने जनाएको
छ । 'यस्तो सकारात्मक प्रक्रियाको नीति नेपाल सरकारद्वारा गरिनुपर्ने र
यसो गरिएको खण्डमा नीति कार्यान्वयन पक्षमा ल्याउन सहज हुने मञ्चको ठहर
छ,' मञ्चका काबा अध्यक्ष छविलाल विश्वकर्माद्वारा हस्ताक्षरित ज्ञापनमा
उल्लेख छ ।
यस्तै, विश्व श्रम बजारमा सस्तो श्रम बेचिरहेका नेपालीहरूको श्रमको उचित
मूल्य पाउनुपर्ने विचारलाई आत्मसात् भएको छ भन्दै दूतावासले नेपाली
श्रमिकहरूको तलबमानमा वृद्धि गर्न गरेको सिफारिसलाई स्वागत गरेको छ । 'यो
सिफारिस कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढिसकेकाले ढिलो चाँडो यसलाई
सबैले स्विकार्नेछन्,' अध्यक्ष नरेन्द्रबहादुर भाट र महासचिव बिलबहादुर
गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले विज्ञप्तिमार्फत ३ लाख नेपालीको रोजिरोटीमा असर पुर्याउने कार्य
कहीँ कसैबाट नहोस् भन्नेमा सबैलाई सचेत रहन पनि आग्रह गर्दै श्रमजीवी
नेपालीहरूको हक, हितको संरक्षण गर्ने कार्यमा यहाँ स्थापित सामाजिक तथा
वैचारिक संघसंस्थाहरूसँग सहकार्यका लागि हरहमेसा तत्पर रहने
प्रतिबद्धतासमेत जनाएका छन् ।