Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include() [function.include]: Failed opening '../config.php' for inclusion (include_path='.:/usr/lib/php:/usr/local/lib/php') in /home/baideshi/public_html/include/news_details.php on line 57 National News पसिनाको मूल्य लिन नरोक 05 Feb, 2010
'तलब बढ्यो मन्त्रालय मानेन' शीर्षकमा २३ पुसमा छापिएको समाचार
पढ्दा साह्रै दुःख लाग्यो । नेपाली मजदुर आखिर बजारमा बिक्ने वस्तु नै त
रहेछ, जसको बजार भाउ बिग्रने डरले नेपाली युवालाई धोका दिंदैछ हाम्रो श्रम
मन्त्रालयले, हाम्रो सरकारले । कतारका ३ लाख श्रमिकको कमाइबाट आश्रति करिब
२० लाख सदस्यको पक्षमा कतारका लागि नेपाली राजदूतले गरेको यो योजनालाई
मन्त्रालयले सहजै सहमति दिनुपर्ने होइन ? नमान्नु भनेको जनताप्रति कस्तो
जिम्मेवार सरकार हो यो ? आजकल यो महँगीको मार बुझेर नेपालीको तलब वृद्धि
नगर्ने हो भने केका लागि जनतालाई विदेशतिर विदेशीको गुलामी गर्नुबाहेक
केही हुँदैन ।
कुनै न कुनै विकसित र सहयोगार्थ कुरामा राजनीति गरेर
हामी युवालाई नै दुःख दिने काम भइरहेको छ । हामी नेपाली मजदुर भई विदेशमा
जहाँ काम गर्छौं उनको तलब वृद्धिमा किचलो
किन ? के हामी मानव हैनौं ? यदि श्रम मन्त्रालयले राम्रोसँग कुनै व्यवस्था
गर्ने हो भने किन श्रम स्वृकीति दिने बेलामा अनुसन्धान नगरी युवा विदेश
पठाउँछ ? आज साना १८ वर्ष पनि नपुगेका जस्ता किशोरहरू आफ्नो भारभन्दा बढी
ओजनको सिमेन्ट बोरामा बोक्दै छन् कतारमा । उनीहरूलाई कसरी भयो श्रम
स्वीकृति दिइयो ? के काम हो कति तलब हो केही मतलब नगरी नेपाली युवाहरू
पठाउन हुने, यहाँ आएर दुःख पाएका नेपालीको तलब वृद्धि गर्दा श्रम
मन्त्रालयले किन किचलो निकाल्ने ? सरकारले त स्वेशमा जनताप्रति आफ्नो
उत्तरदायित्व निर्वाह गर्न सकेन-सकेन । कमसे कम विदेशमा त पसिनाको मूल्य
लिन नरोक ।