Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include() [function.include]: Failed opening '../config.php' for inclusion (include_path='.:/usr/lib/php:/usr/local/lib/php') in /home/baideshi/public_html/include/news_details.php on line 57 National News वैदेशिक रोजगारमा इजरायल 05 Feb, 2010
केही समयपहिलेसम्म स्वदेशमै नेपालीहरू आफ्नै परिश्रम गरेर शान्ति
र सुरक्षाको अनुभूति गर्दै जीवनयापन गरिरहेका थिए । परिवर्तनशील समयसँगै
देशले पनि कोल्टे फेर्दै गयो । नयाँ सोचविचार र सिर्जनाहरूसहित नेपाली
जनताले प्रजातन्त्रसँगै आर्थिक र सामाजिक परिवर्तनको पनि चाहना राखेका
थिए । तर राजनीतिक स्वार्थ र सत्ताको मात्रै चाहना राख्ने पदलोलुप भ्रष्ट
नेताहरूका कारण जनताका ती चाहनाहरूमा अकल्पनीय नकारात्मक असर पर्न गयो ।
जसका कारण नेपाली युवाहरू आफ्नो देश र परिवारलाई छोडेर प्रवासी हुन बाध्य
भए । मातृभूमिप्रतिको माया, परिवारप्रतिको उत्तरदायित्वलाई परिस्थिति र
बाध्यताले गर्दा संसार सबै र विकसित मुलुकहरूमा रोजगारीको खोजीका लागि
पाइल्ाा अगाडि बढाउनुको विकल्प रहेन । यसरी विगत एक दशकदेखि मुलुक
छाड्नेक्रम सुरुमात्रै भएन दिन २ गुना रात ४ गुनाको दरले वृद्धि हुँदै गयो
। अन्य मुलुकहरू जस्तै इजरायलमा पनि आफ्नो सुन्दर भविष्यको सपना बोकेर
आउने नेपालीको संख्याले २० हजार नाघिसकेको छ । यहाँ रोजगारीका लागि आउने
नेपालीमा पुरुषभन्दा महिलाको संख्या बढी छ ।
युवा जमात मुलुक छोड्न किन बाध्य भइरहेका छन् ? युवा शक्तिलाई देशले किन गुमाइरहेको
छ ? के यो तथ्य पत्ता लगाउन गाह्रो छ र ? २०४६ सालको जनआन्दोलन सफल भएदेखि
नै जनतामा ठूलो आशा विश्वास र भरोसा थियो तर नेताहरूको टुट, फुट झूट र
लुटले गर्दा देश विकासतर्फ त अगाडि बढ्न सकेन नै चालू विकासका आयोजनाहरू
पनि लथालिंग भएर गयो । घूस, कमिसन र भ्रष्टाचारले ढाल्नै नसकिने गरी जरा
हाल्न सुरु गर्यो । भएका उद्योगधन्दा बन्द हुँदै गएपछि र मुलुकमा
अशान्तिले जरा गाड्न थालेपछि शान्तिको खोजीमा, देश र परिवारप्रतिको
दायित्व पूरा गर्न रोजगारीको खोजीमा मातृभूमि छोड्नुको विकल्पै रहेन ।
आज नेपालीका पौरखी हातहरू लिएर विदेशीका गुलामी गर्नमा व्यस्त छन्, उता
घरमा छोराछोरीहरू, आमाबाबुको न्यानो काख र मुटुभरिको माया पाउनबाट बन्चित
छन् । नेताहरूको सत्तालिप्साले गर्दा विदेशमा ज्युँदै मरेसरी भएर उनीहरूकै
गुलामी, सिकार र यातना सहेरै पनि देश र परिवार सम्झेर सहनुको विकल्प नदेखी
आँसुको दहमा पौडी खेल्न बाध्य छौं । यसरी हामी आफ्ना कथा र व्यथा बोकेर
सुनौलो भविष्यको कल्पना गर्दै इजरायल भित्रिएका छौं । यो देश विकासोन्मुख
भएकोले हाम्रो गरिबीका कारणले गर्दा धेरै तल्लो स्तरको काम काम पनि
गर्नैपर्ने अवस्था छ । म्यानपावर र यिनका दलालहरूको विश्वास, आश्वासन र
भरोसामा युवाहरू आफ्नो घर खेत साहुकोमा जमानत रखेरै भए पनि ५ दखि ८
लाखसम्म सुम्पेर इजरायल आएका छन् । हामीजस्ता युवायुवतीहरू, यो इजरायलमा
कुनै कामको नहुँदा नहुँदै पनि दलालहरूको मोजमस्ती र विलासिलताको मात्रै
बेचिएका
रहेछौं । बन्दकी राखेको घर खेत, साहुको बढ्दो ब्याज र परिवारको अवस्थालाई
सम्झेर, जे जस्तो काम भए पनि गर्न हामी विवश छौं । हाम्रो वास्तविकतालाई
बुझेका इजरायलीहरू हाम्रै देशका म्यानपावर एनेन्सीहरूको मिलेमतोमा
हामीमाथि जस्तोसुकै थिचोमिचो गर्न पनि पछि पर्दैनन् ।
इजरयलमा काम गर्दाको पीडा यहाँ काम गरिरहेकालाई मात्रै थाहा हुन्छ ।
अचानोले बेहोरेको खुकुरीको चोटको पीडा सुन्नेले अनुभूति गर्न नसकेजस्तै ।
हाम्रो पीडा नेपालमा बस्नेले कसरी बुझ्न सक्लान् र ?
यहाँको भौगोलिक वातावरण, सामाजिक परिवेश रहनसहन हामी नेपालीको भन्दा
भिन्नै भएकाले यहाँ घुलमिल हुन धेरे समय लाग्छ र त्यतिन्जेल काममा पनि
धेरै कठिनाइ बेहोर्नुपर्छ । हामीले इजरायलमा भएका नेपालीको अवस्थालाई
खोतलेर हर्ने हो भने एकातिर घाम पानी नभनी पसिनाका धारा चुहाएर यहाँको
कृषि क्षेत्रमा संलग्न हुने नेपालीहरू दस नंग्रा खियाउँदै दिनहरू बिताउन
बाध्य नेपालीको संख्या ७/८ हजारको हाराहारीमा
छ । केयर गिभरमा रहेका नेपाली महिला र पुरुषको संख्या १०/१२ हजारको हाराहारीमा छ ।
रोगी बूढाबूढी र बालबच्चाको स्याहार सुसारमा भोक, तिर्खा, दिन रात नभनी
२४सै घन्टा उनीहरूको सेवामा लाग्नु नै केयर गिभर राजगारी हो । भाषा र
कामको बारेमा राम्रो जानकारी नहुंदै
चुलाचौकामा मात्रै सीमित नेपाली महिलाहरू अहिले हजारौंको संख्यामा
इजरायलमा कार्यरत छन । आपmनो देशमा पाएको हक अधिकारबाट बन्चित भएर आफूमा
भएको सीप, प्रतिभा, जोस र जाँगरलाई बाहिर निकाल्न नसकेका महिलाहरू देशको
बिग्रँदो अवस्था र पुरुषसरह हामी पनि केही गर्न सक्छौ भन्ने हिम्मत साहस
अगाडि बढाउँदै प्रशस्तै उदाहरण पनि देखाइरहेका छन् । विकसित देश भएका कारण
यहाँका मानिसहरू र विशेषतः महिलाको भूमिका, अधिकार यहाँको प्रविधिहरू साथै
धर्म, भाषा र संस्कृतिले हामीलाई ठूलो शिक्षा पनि दिएको
छ । हामी सोचिरहेका छौं, हाम्रा बालबच्चालाई टुहुरासरी बनाएर परिवार र देश
छोड्न बाध्य भए तापनि धेरै कुरा सिक्ने अवसरले आफ्नो देश र समाजलाई
परिवर्तनशील बनाउन सक्छौं भन्ने महसुस गरिरहेका छौं ।
यहाँ कतिपय महिला कामदारहरू दुःखको सागरमा नजेलिएका पनि होइनन् । हामीले सुन्ने पनि गरेका
छौं, नेपाली युवतीहरू नराम्रो पेसामा संलग्न रहेर आफ्नो अस्मितालाई बेची
धन आर्जन गरिरहेका छन् । तर यो खराब पक्ष हाम्रो नेपाली समाजको खराब
दृष्टिकोणको उपज हो । हामी बाध्य छौं, विदेशीको गुलामीको लागि र पनि
यहाँको यहाँको भेष, भूषा र रहनसहनले कतिपय नेपाली
महिला कामदार प्रभावित पारेको छ । उनीहरू चाहन्छन् क्षणिक भए पनि यो
संसारमा दुःखलाई बिर्सन सकौं । कतिपय भने देश परिवार र बाल बच्चालाइ
बिर्सेर उत्तरदायित्वलाई कुल्चंदै वर्तमानलाई ननियालेको पनि होइन । तर पनि
नराम्रो पक्षलाई नहेरी इजरायलको भूमिमा सेवामा कार्यरत हजारौं नेपाली युवा
युवतीहरूले हरेक समस्याहरूसँग जुध्दै आफ्नो साहस र हिम्मतलाई अगाडि बढाएका
छन् ।
आपmनो वास्तविकता र
कर्तव्यलाई उठाएका हाम्रा कदमहरूले क्षणिक उत्साह र रोमाञ्चकता दिन सक्ला
तर जब समय बित्दै जान्छ त्यसको दुस्परिणाम आफ्नो जीवन नै घातक बनेर
तुफानमा परिणत हुन सक्छ । त्यसकारण यस्ता कुरालाई विशेष मनन गर्दै आफ्नो
देश र परिवारप्रतिको उत्तरदायित्वलाई नभुली कदम अगाडि बढाउनु नै हाम्रो
सफलता हो । यदि हामीले आफूलाई शिक्षित, सभ्य र राष्ट्रकै सच्चा नागरिक
ठानेर इमाजदारी, लगनशीलता, मेहेनत र परिश्रमलाई अगाडि बढायौं भने अवश्य
पनि
इजरायलमा मात्रै होइन विश्वका जुनसुकै कुनामा रहेका नेपालीहरूले चेतनाको
विकास गरेमा देशले काँचुली नफेर्ला भन्न सकिँदैन । यही नै हाम्रो देशका
लागि आजको आजको आवश्यकता हो र मानवीय जीवनको कर्तव्य पनि ।