Home | About Us | Advertise | Contact Us | Terms of Use
HOME RECENT JOBS POST JOBS MANPOWER AGENCIES FAQ
» Manpower Agencies
» Languages Centers
» Training Centeres
» Sec. Guards Training
» Migration Consultants
» Job Consultant
» Travel Agencies
» Cargo / Courier Services
» Money Transferors
» Insurance Companies
» Medical Checkup Centers
» Education Consultants
Jobs By Country
Bahrain (1)
Canada (1)
Ghana (0)
Iran (0)
Malaysia (1)
Nepal (3)
New Zealand (1)
Oman (1)
Qatar (10)
Saudi Arabia (2)
Sweden (1)
United Arab Emirates (14)
United Kingdom (5)
» Manpower News
» Nepali Embassies
» Neplalese Consulates
» Tel. Code Number
» Job Countries
» Flight Information

Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57

Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57

Warning: include() [function.include]: Failed opening '../config.php' for inclusion (include_path='.:/usr/lib/php:/usr/local/lib/php') in /home/baideshi/public_html/include/news_details.php on line 57
National News
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता
1 March, 2010

बाराक हुसेन् ओबामा अमेरिकाको ४४औँ राष्ट्रपति निर्वाचित हुनुभएको छ । अमेरिकाको इतिहासमा कालाजातिबाट राष्ट्रपति निर्वाचित हुने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार ओबामाले ३४९ मत पाउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका उम्मेदवार जोन म्याकेनले १६२ मत मात्र ल्याउनुभएको छ । लोकपि्रयताको हिसाबले ओबामाले ५२.३ प्रतिशत र म्याकेनले ४६.४ प्रतिशत मत पाउनुभएको छ । मङ्गलबार सम्पन्न चुनावको अनौपचारिक परिणाम बुधबार आएपछि अमेरिकी जनतालाई गृहराज्य सिकागोमा सम्बोधन गर्दै नवनिर्वाचित राष्ट्रपति ओबामाले आफ्नो जित सम्पूर्ण अमेरिकीलगायत विश्ववासीको जित भएको बताउनुभयो । उहाँले चुनावमा सहयोग गर्ने सबैलाई बधाई पनि दिनुभयो । उहाँले भन्नुभयो- अब म तपाईंहरूको निर्वाचित राष्ट्रपति हुँ । मैले सधैँ तपाईंहरूको आवाज सुन्नेछु । यो हामी सबै अमेरिकी जनताको विजय हो ।

उहाँले आफ्नो जित सँगसँगै अमेरिका नयाँ युगमा प्रवेश गरेको बताउँदै युगको आवश्यकता र समयको मागलाई आत्मसात् गरी विश्ववासी सबै मिलेर विश्वलाई नै परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनिर्वाचित राष्ट्रपति ओबामाले हिंसा, आतङ्क, अस्थिरता साथै वित्तीय सङ्कटले विश्व अहिले अत्यन्तै चुनौतीपूर्ण मोडमा रहेको बताउँदै यसलाई समाधान गरी शान्ति र समृद्धिका लागि सबै मिलेर अगाडि बढ्नुको विकल्प नरहेको स्पष्ट गर्नुभयो ।

उता उहाँका रिपब्लिकन पार्टीका प्रतिद्वन्द्वी म्याक्केनले आफ्नो हार स्वीकार गर्दै नवनिर्वाचित राष्ट्रपति ओबामालाई बधाई दिनुभएको छ । उहाँले अब चुनावी प्रतिद्वन्द्वी भावनालाईर् बिर्सेर समृद्ध अमेरिका बनाउन निर्वाचित राष्ट्रपति ओबामासित मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । म्याक्केनले आफ्नो हारप्रति भने दुःख प्रकट गर्नुभएको छ ।

त्यस्तै राष्ट्रपति जर्ज डब्लू बुशले पनि नवनिर्वाचित राष्ट्रपति ओबामालाई बधाई दिनुभएको छ ।

ओबामा राष्ट्रपति निर्वाचित हुनुभएकोमा सारा विश्वभरि खुसी मनाइएको छ । अझ विश्ोषगरी अपि|mकी मुलुकका कालाजातिका मानिसहरूले उहाँको जितले आफ्नो सपना पूरा भएको भनी ठूला-ठूला विजय र्‍याली निकाली खुसी साटासाट गरिरहेका छन् । ओबामाको पुख्र्याैली मुलुक केन्यामा विशेष उत्सव मनाइएको सीएनएनले जनाएको छ ।

उहाँको विजयको घोषणा सँगस्ाँगै विश्व सेयर बजारमा समेत नाटकीय ढङ्गले वृद्धि भएको छ ।

राष्ट्रपति निर्वाचनको परिणामको यो अनौपचारिक घोषणा हो । राष्ट्रपतिको चुनावी कार्यक्रम अनुसार

नेपालमा सकारात्मक प्रभाव पर्ने विश्वास

काठमाडौँ, कात्तिक २० गते । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाराक ओबामाको विजयले नेपाल-अमेरिकाको सम्बन्धमा तत्काल प्रत्यक्ष प्रभाव नपरे पनि अमेरिकामा रहेका नेपालीको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

आˆनो जीवनस्तरमा सहजताको अपेक्षामा त्यहाँ रहेका कैयौँ नेपाली पनि राष्ट्रपतीय निर्वाचन प्रचारका क्रममा ओबामाको पक्षमा उभिएका थिए ।

अमेरिकामा देखिएको आर्थिक सङ्कटको सन्दर्भमा वर्तमान जर्ज डब्लू बुसले नेतृत्व गर्नुभएको सरकारको नीतिभन्दा उल्टो नीति ओबामाको सरकारले अपनाउने प्रतिबद्धता देखिएकोले त्यसको सकारात्मक प्रभाव नेपाललगायतका मुलुकबाट गएकाहरूको जीवनमा पर्ने विश्लेषण गरिएको छ ।

अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा. भेषबहादुर थापाका अनुसार ओबामाको नेतृत्वमा सरकार बने पनि नेपाल-अमेरिका सम्बन्धमा व्यापक हेरफेर हुँदैन ।

अमेरिकामा डेमोक्रेटिक तथा रिपब्लिकन दुवै पार्टीको सरकारसँग काम गर्नुभएका अनुभवी कूटनीतिज्ञ थापाका अनुसार नेपाल अमेरिकाको लागि ज्यादै 'निकट' होइन, यसर्थ त्यहाँको सरकारमा परिवर्तन हुँदा यहाँ सोझो प्रभाव पर्दैन । बुस प्रशासनले नेपालको राजनीतिक परिवर्तनलाई विस्तारै मान्यता दिएर सम्बन्ध विस्तार गर्न थालेको प्रक्रियालाई ओबामा सरकारले पनि निरन्तरता नै दिनेछ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार हिराबहादुर थापा पनि नयाँ राष्ट्रपति आएपछि नेपालको सम्बन्धमा अमेरिकाले नीतिगत परिवर्तन नल्याउने बताउँदै भन्नुहुन्छ- अमेरिकाले हामीलाई राख्ने प्राथमिकताक्रममा त्यति फरक भइहाल्ने देख्दिना ।

तर ओबामाको विजय नेपालले अपनाइरहेको दृष्टिकोणका सन्दर्भमा उत्साहपूर्ण छ ।

सल्लाहकार थापा संयुक्त राष्ट्रसङ्घलाई हेर्ने दृष्टिकोणमा राष्ट्रपति पदका प्रतिस्पर्धी म्याक्केनभन्दा पृथक दृष्टिकोण ओबामाको रहेको र त्यो नेपालको दृष्टिकोणसाग मिलेको बताउनुहुन्छ । विश्व शान्तिका लागि विश्वव्यापी सङ्गठन संयुक्त राष्ट्रसङ्घलाई अझै बलियो बनाउनुपर्छ भन्ने नेपालको चाहनासागै मिल्ने दृष्टिकोण ओबामाको छ ।

यसैगरी अमेरिका संलग्न रहेका इराक र अफगानिस्तानका लडाईंका सन्दर्भमा ओबामाले ती देशमा उपस्थित अमेरिकी सेना कटौती गर्दै सैन्यभन्दा नरम विकल्प अपनाउने दृष्टिकोण लिनुभएकोले अब विश्वमा अमेरिकी भूमिका बढी शान्तिपूर्ण हुने अपेक्षा गरिएको पनि परराष्ट्र सल्लाहकार थापा बताउनुहुन्छ ।

विश्व शान्तिका पक्षमा उभिएको नेपाललाई शान्ति प्रक्रियामा नमूना मुलुकको रूपमा विकास गर्ने चाहनामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिनुभएको अभिव्यक्तिलाई ओबामा सरकारले राम्रै ढङ्गले लिने अपेक्षा पनि थापाको छ । नेपालमा दिगो शान्तिका लागि विश्वकै चासो रहेको तथा प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमणका क्रममा नेपालको शान्ति प्रक्रिया सकारात्मक ढङ्गमा अगाडि बढे अमेरिकी लगानीकर्ता यहाा आउनसक्ने आश्वासन पाइएको सन्दर्भमा ओबामा सरकारले नेपालप्रति झन् सकारात्मक सहयोग पुर्‍याउनसक्ने दृष्टिकोण थापाको छ ।

विश्व शान्तिका सन्दर्भमा प्रतिद्वन्द्वीभन्दा पृथक दृष्टिकोण राख्नुभएका ओबामाको सरकारले शिश्व शान्तिका लागि चाल्ने कदमको अप्रत्यक्ष प्रभाव नेपालमा पर्ने भए पनि आर्थिक क्षेत्रमा नयाा सरकारले चाल्ने कदमको प्रत्यक्ष प्रभावमा नेपाली पनि पर्नेछन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको सेवाबाट र्फकनुभएका अर्थविद् केशव आचार्य युद्धका कारण दैनिक रूपमा भइरहेको खर्च कम गर्न तथा आर्थिक सङ्कटको सन्दर्भमा ओबामा सरकारले लिने नीतिबाट नेपाली पनि प्रत्यक्ष लाभान्वित हुनेछन् । आर्थिक सङ्कट टार्न बुश सरकारले ठूला बैङ्कहरूको पक्ष लिएको, दस लाखको हाराहारीमा रोजगारी कटौती गरेको तथा राज्यबाट सञ्चालित विश्वविद्यालयका विद्यार्थीलाई ऋण सुविधा कटौती गरेको उल्लेख गर्दै अर्थविद् आचार्य भन्नुहुन्छ- ओबामाको नीति यसको उल्टो छ । ओबामा सरकारले ठूला बैङ्कको होइन, सानाको पक्ष लिनेछ । बुश सरकारको नीतिविपरीत ओबामा सरकारले पचास हजार डलरभन्दा कम आम्दानी हुनेलाई करमुक्त बनाएर आम्दानी बढी हुनेलाई कर बढाउादै लगी सामाजिक क्षेत्रमा लगानी बढाउने हुादा विश्वविद्यालयका विद्यार्थीका लागि ऋृण सुविधा खुकुलो हुनसक्छ । यसबाट नेपाललागायत अन्य मुलुकबाट गएकाहरूको जीवनस्तर अलि सजिलो हुनसक्छ ।


source: Gorkhapatra
« Back

You can leave your response on above articles . Comments ( 0)
  Comment on News    





 

EPS-KLT Result of Nepal

Employers' Section
» Login
» Registration
Job Seekers' Section
» Login
» Registration

Japan Employment Special
» Industrial Training and Technical Internship Guidebook (Download)
» Operative Manual for Sending Organizations (Download)
» JITCO Pamphlet (Download)
» Guidelines for pre-dispatch education of trainees
-Japanese language (Download)
Load Shedding Schedule (Magh 14 66)

Copyright 2007-2009 baidesikrojgar.com. All right reservd. Free counter and web stats Website Hosted By: HostInNepal.com
Designed & Developed By: Nepal Software Developer (NSD)