Home | About Us | Advertise | Contact Us | Terms of Use
HOME RECENT JOBS POST JOBS MANPOWER AGENCIES FAQ
» Manpower Agencies
» Languages Centers
» Training Centeres
» Sec. Guards Training
» Migration Consultants
» Job Consultant
» Travel Agencies
» Cargo / Courier Services
» Money Transferors
» Insurance Companies
» Medical Checkup Centers
» Education Consultants
Jobs By Country
Bahrain (1)
Canada (1)
Ghana (0)
Iran (0)
Malaysia (1)
Nepal (3)
New Zealand (1)
Oman (1)
Qatar (10)
Saudi Arabia (2)
Sweden (1)
United Arab Emirates (14)
United Kingdom (5)
» Manpower News
» Nepali Embassies
» Neplalese Consulates
» Tel. Code Number
» Job Countries
» Flight Information

Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57

Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57

Warning: include() [function.include]: Failed opening '../config.php' for inclusion (include_path='.:/usr/lib/php:/usr/local/lib/php') in /home/baideshi/public_html/include/news_details.php on line 57
National News
कतारमा तलव बृद्धिको खुसी, कार्यान्वयनमा जोड

10 March, 2010

 

नेपाली श्रमिकको पारिश्रमिक बढाउन नेपाली दुतावासले साढे दुई महिना अघि गरेको सिफारिसलाई मन्त्रिस्तरीय बैठकले अनुमोदन गरेकोमा कतारका श्रमिक, नियोग र संघ संस्था नियोग खुसी भएका छन् । उनीहरुले अब सरकारले कार्यान्वयनमा जोड दिदै ठगीका घटनाहरु रोक्ने कदम चाल्न पनि आग्रह गरेका छन् ।

श्रम मन्त्री मोहमद आफ्ताब आलमको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय बैठकले बुधवार तलब बृद्धिको अनुमोदन गरेको हो । यसअघि, श्रम मन्त्रालयका अधिकारीहरुले दुतावास क्षेत्राधिकार बाहिर गएर निर्णय गरेको र यसले श्रम बजार प्रभाव पार्ने तर्क दिदैं तलव वृद्धि सिफारिसलाई बिरोध गरेका थिए । सरकारले अहिले कतार बाहेक नेपाली रोजगार गन्तब्य मुलुकहरुको तलवलाई पुनराबलोकन गरेको छैन ।

कतारस्थित नेपाली दुतावासले पुष १ (डिसेम्बर १६) मा  माघ १७ (जनवरी १) देखि लागु हुने गरी नयाँ कामदारलाई रोजगारदाता कम्पनीले खाना उपलब्ध गराउनु पर्ने वा त्यसबापत दुई सय रियाल (चार हजार रुपैया) दिनुपर्ने सिफारिस गरेको थियो । मन्त्रिस्तरीय निर्णय निर्णय अनुसार अब नेपाली श्रमिकको न्युनतम तलव खाना सहित ८ सय रियाल (१६ हजार रुपैया) कायम भएको छ ।

दुतावासले मन्त्रालयको निर्णय पुर्व नै जनवरी १ देखि लागु हुने गरी रोगजारदाता कम्पनीका मागपत्र नयाँ तलबमान अनुसार प्रमाणीकरण गर्दै आएको छ । जसमा कम्पनीले कामदारको दुई तर्फी हवाई टीकट व्याहोर्नुपर्ने समेत उल्लेख छ । कामदारको विदेश आउँदा लाग्ने खर्च, कतारको बसाई खर्च, परिवारको लालन पालन, अन्य देशका कामदारको तुलनामा नेपाली कामदारको तलव, कतारको आर्थिक बृद्धिलाई ध्यानमा राख्दै दुतावासले तलव बृद्धिको सिफारिस गरेको थियो ।

सरकारले ढिलै भए पनि कतार आउने कामदारको तलव बृद्धिलाई अनुमोदन गरेकोमा कतारस्थित नेपाली समुदायले खुसी जनाउदै यसले रेमिट्यान्स बृद्धिमा समेत ठुलो सहयोग पुग्ने जनाएका छन् । उनीहरुले यहाँ कार्यरत श्रमिकको तलव बृद्धिलाई समेत पहल गर्न आग्रह गरेका छन् ।

'नेपाली दुतावासले जुन पहल गरेको थियो त्यसलाई ढिलै भए पनि सरकारल सदर गरेर राम्रो काम गर्‍यो' कतारस्थित सेवा समाज अभियान रुपन्देहीका संरक्षक तिलक शाहीले भने-' यसलाई नेपाली व्यवसायीहरुले लागु गरी उदाहरण प्रस्तुत गर्नुपर्छ ।'

कतारमा दुई वर्षको अबधीमा दुई रियाल (चार हजार रुपैया) तलव बृद्धि भएको हो । यस अघि २००८ जनवरी १ देखि अदक्ष कामदारको तलव ६ सय रियाल (१२ हजार रुपैया) थियो । हाल बृद्धिको भएको रकम अदक्षदेखि दक्ष तथा पेशागत सबै तहका श्रमिकको लागि हो ।

सरकारले कतारसंग प्रारम्भिक श्रम संझौता गर्दा २००४ मा कामदारको न्युनतम पारिश्रमिक १ सय २५ डलर (४ सय रियाल) रुपैया तोकेको थियो । त्यसलाई नेपाली दुतावासले २००८ जनवरी १ देखि लागु हुने न्युनतम पारिश्रक ६ सय रियाल (१२ हजार रुपैया) कायम गरेको थियो । त्यसैमा खाना खर्च वापत २०१० जनवरी १ देखि २ सय रियाल थप गरेको हो ।

'सरकारले निर्णय सदर गरेर ठुलो हौसला दिएको छ' राजदुत सुर्यनाथ मिश्रले कान्तिपुरसंग भने-'श्रमिकको समयानुकुल तलव पुनराबलोकन (रिभिजन) लाई लागु गर्न नेपाली समुदाय र नेपाली मिडियाको भुमिकाप्रति आभारी छु ।'

दुतावासले गरेको सिफारिसलाई सरकारले समयमै निर्णय नगर्दा दुतावासलाई छलेर केही व्यवासायीले चेम्बर अफ कमर्श र नोटरी पब्लिकबाट प्रमाणीकरण गरेर वैदेशिक रोजगार विभागमा लैजाने गरेका थिए । सरकारले तवब बृद्धिको निर्णय गरेपछि अब त्यसरी गएको मागपत्र पनि नयाँ तलबमान उल्लेख नभएसम्म स्वीकृत नहुने भएको छ ।

'सरकार र दुतावास वीच अन्यौल सृजना भएको थियो, अब यो निर्णयले एकरुपता ल्याएको छ  छ' व्यवसायी तथा एनआरएनए कतारका अध्यक्ष नरेन्द्र भाटले भने-'नेपाली श्रमिकहरुको समयानुकुल तलब बृद्धि हुनु खुसीको कुरा हो ।'

सरकारले तत्काल निर्णय नगर्दा अन्यौले भएपछि सरकारलाई दवाव दिन कतारस्थित ६० वटा सामाजिक, पेशागत तथा जिल्ला स्तरीय संस्थाहरुले हस्ताक्षर सहित सरकारी निकायहरुमा ज्ञापनपत्र समेत पठाए थिए । हस्ताक्षर अभियानको एक संस्था नेपाली जनप्रगतिशील मंचका अध्यक्ष होमनाथ शर्माले ढिलै भए पनि सरकारले सही निर्णय गरेको बताए । 'दुतावासले नेपालीको लागि जुन पहल गरेको थियो, बीचमा सरकारकै अधिकारीबाट गडबड हुन लागेको थियो तर ढिलै भए पनि निर्णय सही भएको छ' उनले भने ।

सरकारले बृद्धि गरेको यो तलव पनि खाडीमा कार्यरत बंगलादेशी कामदार बाहेक अन्य राष्ट्रका कामदारको तुलनामा अझै न्युन हो । अब बंगालादेश र नेपाली कामदारको भने न्युनतम तलवमान बराबर भएको छ । कतारमा भारतीय र पाकिस्तानी कामदारको न्युनतम पारिश्रमिक १ हजार रियाल (२० हजार रुपैयाँ) , श्रींलकनको ९ सय रियाल (१८ हजार रुपैयाँ),र फिलिपिनोको १४ सय रियाल (२८ हजार रुपैयाँ) छ ।

 

Source: eKantipur

« Back

You can leave your response on above articles . Comments ( 0)
  Comment on News    





 

EPS-KLT Result of Nepal

Employers' Section
» Login
» Registration
Job Seekers' Section
» Login
» Registration

Japan Employment Special
» Industrial Training and Technical Internship Guidebook (Download)
» Operative Manual for Sending Organizations (Download)
» JITCO Pamphlet (Download)
» Guidelines for pre-dispatch education of trainees
-Japanese language (Download)
Load Shedding Schedule (Magh 14 66)

Copyright 2007-2009 baidesikrojgar.com. All right reservd. Free counter and web stats Website Hosted By: HostInNepal.com
Designed & Developed By: Nepal Software Developer (NSD)