Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include() [function.include]: Failed opening '../config.php' for inclusion (include_path='.:/usr/lib/php:/usr/local/lib/php') in /home/baideshi/public_html/include/news_details.php on line 57 National News यौन व्यवसायमा नलागेको भन्दै दर्जनौ महिला कुबेतमा बन्धक 24 June,2010
यौन व्यवसायमा नलागेकाले खाडी मुलुक कुबेतको फाहाहिलमा दर्जनौ नेपाली
महिलालाई बन्धक बनाएर खुलासा भएको छ । भारतको दिल्लीबाट लगिएका अधिकांश
महिलासित नेपाल र्फकन चाहने महिलालाई १ लाख ५० हजार रुपैयाँसम्म फिरौती
माग्न थालिएकोछ ।
फुत्केर दुई साताअघिमात्र नेपाल आएकी एक
महिलाले यसवारे उक्त जानकारी दिएकी हुन । नेपाली महिलासमेतको संलग्नतामा
खोलिएको एक म्यानपावर कम्पनीले यौन व्यवसायमा नलागेको भन्दै चार दर्जन
महिलालाई बन्धक बनाएर राखेको खुलासा उनले गरेकी हुन् ।
मोरङ् बेलबारीकी जानु गुरुङ्गले काठमाडौं र धनकुटाका दुई महिलाले महिनौदेखि नेपाली महिलालाई बन्धक बनाएर राखेको जानकारी दिइन् ।
सुनसरीको इटहरीमा बुधबार पत्रकारहरुसित कुरा गर्दै गुरुङ्गले कुबेतीसित
मिलेर अलनाका नामक म्यानपावर एजेन्सी खोलेर कुबेत र साउदीमासमेत विक्रि
गर्ने र यौनधन्धामा लाग्न दवाव दिने गरेको बताइन् ।
भनेअनुसार काम नभई अनैतिक काममा लगाउन खोजेपछि आफूले अस्वीकार गरेकाले
बन्धक बनाएर राखेको उनले सुनाइन् । यौन कार्यमा संलग्न हुन तर्साउँदै चरम
यातना दिएको उल्लेख गर्दै गुरुङ्गले आफूसँगै २६ महिलालाई एकै ठाउँमा बन्धक
बनाएको बताइन ।
बन्धकमा रहदा एक छाकमात्र खान दिइएको थियो । हरेक दिन धम्की दिइन्थ्यो ।
'भनेको पुरुषसित गएर काम नगरे ज्यानै लिने धम्कीसम्म दिइयो' गुरुङ्गले
भनिन-'उनीहरुले तिमीहरु मरे पनि मर मतलब छैन भनेर धम्क्याए ।'
गुरुङ्सहित केही महिलालाई घरको काममा केही महिना लगाइएको थियो । 'पछि त
अनैतिक काममा लगाउन खोजेपनि मसहित २६ जनाले प्रतिकार गर्यौ' उनले भनिन ।
गुरुङ्गलाई नेपाल र्फकन श्रीमान्ले ५० हजार पठाएका थिए । रकम दलाललाई
दिएपनि सकुशल उम्कन नसकेकी उनी त्यहाँबाट भागी जेलमा डेढ महिना बस्नुपरेको
थियो ।
डेढ महिना कारागारमा बस्दा दुई नेपाली महिलालाई मानसिक रुपमा विक्षिप्त
अवस्थामा पाएको उनले जानकारी दिइन । उनीहरु उदयपुर रामपुरकी चन्द्रकला
तामाङ्ग र अर्की एक महिला थिइन । जेलमा उनीहरु हाँस्ने रुँने कराउँथे ।
'घर जान देउ' भन्दै बिलौना गरेको प्रत्यक्ष देखेको उनले बताइन । २०६६ साल
बैशाखमा खाडी गएकी जानुले कारागारभित्र १ सयभन्दा बढी महिला रहेको उनले
बताइन । परिवारले पैसा पठाउन नसक्दा धेरै महिला घर र्फकन नसकेकाले सरकारले
तत्कालै पहल गर्नुपर्नेमा उनले जोड दिइन ।
आफूले भेटेका दुवै महिलाको शरीरभरी निलडाम थियो । दुवै लाखौ खर्चेर आकर्षक
रोजगारीको लोभमा त्यहाँ पुगेका थिए । उनीहरुलाई आफूलाई यौन व्यवसायमा
लगाउन खोज्ने समूहले नै त्यस्तो अवस्थामा पुर्याएको गुरुङ्गले बताइन ।
उनकाअनुसार सुनुवारले काठमाडौं, वुटवल, गोरखा, मोरङ, झापालगायतबाट दर्जनौ
महिलालाई ललाई-फकाई कुवेत लगिएकोछ । आफूसँगै मोरङ् केरावारीबाट कुवेत
पुगेकी एक महिलालाई बेपत्ता बनाइएको उनले जानकारी दिइन ।
केही साताभित्र पिडित महिलाको उद्धार गर्न सरकारले तत्कालै पहल गर्नुपर्ने
गुरुङ्गले माग गरिन । 'होइन भने धेरै नेपाली महिलाको विजोग हुनेछ' उनले
भनिन-'सरकारले पहल गर्नुपर्छ भनेर कहाँ भन्नु ? पत्रकारलाई भन्दा अखबारमा
समाचार आउँछ र सुनवाई हुन्छ भन्ने सुनेर तपाईहरु