Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include() [function.include]: Failed opening '../config.php' for inclusion (include_path='.:/usr/lib/php:/usr/local/lib/php') in /home/baideshi/public_html/include/news_details.php on line 57
National News लिवियामा नेपाली अलपत्र कामदार कुपोषणको सिकार 29 June, 2010
लिवियामा चार महिनादेखि अलपत्र १ सय ४ जना नेपाली कामदार कुपोषणको सिकार भएका छन् ।
स्वस्थकर खाना र बसाइँको अभावमा उनीहरू कुपोषण भएका हुन् ।
अन्तर्राष्ट्रिय अपवासन संगठन (आईओएम) का अनुसार तीमध्ये १० जना बिरामी र
दुई जनालाई शल्यक्रिया गरिएको छ । 'अहिले उनीहरूलाई आईओएमका
स्वास्थ्यकर्मीले निगरानीमा राखिएको छ,' श्रम मन्त्रालयका सहसचिव
पूर्णचन्द्र भट्टराईले भने, 'उनीहरूलाई आवश्यक स्वास्थ्य उपचार, पोषणयुक्त
खानापानको व्यवस्था गरिएको छ ।' लिवियाको एन्जरासभास्थित सिकेजी कम्पनीमा
कार्यरत उनीहरू टिकट र भिसा शुल्क तिर्ने रकम नभएपछि अलपत्रमा परेका थिए ।
कम्पनी विगटन भइसकेको छ । नौ महिनादेखि तलब नपाएका उनीहरूले खाना र
बस्नसमेत समस्या भएको भन्दै तत्काल उद्धार गरिदिन सरकारलाई अनुरोध गरेका
थिए ।
लिविया हेर्ने राजदूत श्यामलाल तबदारले डेढ महिनाअगाडि कामदारको 'नाजुक
अवस्था' रहेको भन्दै तत्काल उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई जानकारी
गराएका थिए ।
सरकारले दुई साताअघि उनीहरूलाई उद्धार गर्न आईओएमलाई जिम्मा दिएको थियो ।
लिवियाको मानव संसाधन मन्त्रालयको सहयोगमा आईओएमका अधिकारी मंगलबार कामदार
बसेका क्याम्पमा प्रवेश पाएका थिए । 'ती कामदारलाई मानवीय जीवन जिउने
ग्यारेन्टी गरिएको छ,' भट्टराईले भने । आईओएमले उनीहरूलाई भीटामिन र
'आधारभूत उपचार सामग्री' दिइएको छ ।
भट्टराईका अनुसार कम्पनीले लिबिया सरकारलाई बुझाउनुपर्ने कर नबझाएकाले
कामदारको भिसा बनाउन सकिएको छैन । 'कम्पनीलाई कर तिर्न र भिसा शुल्क
मिनाहको पहल भइरहेको छ', उनले भने । राजदूत तबदारले भिसा जरिवानासहित हवाई
टिकटका लागि प्रतिव्यक्ति १५ सय अमेरिकी डलर लाग्ने बताएपछि सरकारले
कामदार उद्धार गर्न आईओएमलाई दिएको हो । कामदार ल्याउन वैदेशिक रोजगार
प्रवर्द्धन बोर्डले समेत खर्च गर्नेछ । यो मुद्दा अन्तर्राष्ट्रिष्यकरण
भएपछि आईओएमले कम्पनीलाई टिकट खर्च कम्पनीलाई नै बेहोर्न दबाब दिइरहेको छ
। धौलागिरि इन्टरनेसनल म्यानपावरमार्फत करिब दुई वर्षअघि 'स्टिल फिक्चर'
मा उनीहरू गएका गएका थिए ।
Source: eKantipur
« Back
You can leave your response on above articles . Comments (
0)
|