Home | About Us | Advertise | Contact Us | Terms of Use
HOME RECENT JOBS POST JOBS MANPOWER AGENCIES FAQ
» Manpower Agencies
» Languages Centers
» Training Centeres
» Sec. Guards Training
» Migration Consultants
» Job Consultant
» Travel Agencies
» Cargo / Courier Services
» Money Transferors
» Insurance Companies
» Medical Checkup Centers
» Education Consultants
Jobs By Country
Bahrain (1)
Canada (1)
Ghana (0)
Iran (0)
Malaysia (1)
Nepal (3)
New Zealand (1)
Oman (1)
Qatar (11)
Saudi Arabia (2)
Sweden (1)
United Arab Emirates (14)
United Kingdom (5)
» Manpower News
» Nepali Embassies
» Neplalese Consulates
» Tel. Code Number
» Job Countries
» Flight Information
National News
नेपाल-युएई संयुक्त संयन्त्र गठन सम्झौता 'सहयोगका धेरै बाटा खुले'
29 June,2010

नेपाल र खाडी राष्ट्रको संयुक्त अरब इमिरेट्स (युएई) बीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै हरेक क्षेत्रमा सहयोग विस्तार गर्न संयुक्त संयन्त्र (समिति) बनाउने निर्णय भएको छ । संयन्त्र गठनका लागि नेपालकी परराष्ट्रमन्त्री र युएईका विदेश राज्यमन्त्रीले सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।

यहाँको भ्रमणमा रहेकी उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र विदेश राज्यमन्त्री गर्गासबीच बुधबार राजधानी अबुधाबीमा हस्ताक्षर भएको हो । युएईका समकक्षी परराष्ट्रमन्त्री विदेश भ्रमणमा छन् ।


सम्झौतापछि अधिकारीहरूले दुवै देशबीचको सम्बन्ध प्रगाढ र सहयोगका बाटा धेरै खुल्ने बताएका छन् । सम्झौता हस्ताक्षरको क्रममा युएईका सरकारी अधिकारी तथा युएईका लागि नेपाली राजदूत अर्जुनबहादुर थापा, परराष्ट्र सहसचिव धनञ्जय झा, उपसचिव अर्जुनराज पन्त सहभागी थिए ।

'दुई देशको सम्बन्ध विस्तारका लागि यो सम्झौता महत्त्वपूर्ण उपलब्धि हो,' राजदूत थापाले कान्तिपुरलाई भने, 'यसले सहयोगका धेरै बाटा खोलेको छ ।' उनले अब छिट्टै दुई देशबीचको साझा संयन्त्र गठन हुने पनि जनाए ।

संयुक्त संयन्त्रमा दुवै देशमा परराष्ट्रमन्त्री र उनीहरूले तोकेको अधिकारी रहनेछन् । संयन्त्रको बैठक दुवै देशका सम्बन्धित परराष्ट्रमन्त्रीको अध्यक्षतामा पालैपालो हुनेछ ।

साझा संयन्त्र मतहत दुवै देशका विभिन्न उपसमिति गठन हुने र ती समितिहरूले दुई पक्षीय सहयोगका क्षेत्रहरू पहिल्याएर संयन्त्रको बैठकमा राख्नेछन् । 'सहयोगका क्षेत्रहरू धेरै छन्, त्यसैले संयुक्त संयन्त्र बनाउने निर्णयले दुवै देशलाई ठूलो सघाउ पुर्‍याएको छ ।'


दूतावासले विज्ञप्तिमार्फत समेत जारी गर्दै दुई देशबीचको साझा समिति निर्माण भएपछि द्विपक्षीय सम्बन्ध अझ बलियो र हरेक क्षेत्रमा सहयोग हुने जनाएको छ । संयन्त्र गठन भएपछि आर्थिक तथा व्यापारिक क्षेत्रको विस्तार, संयुक्त लगानी, शिक्षा, तालिम, सूचना, संस्कृति, खेलकुद,


वातावरण तथा न्यायिक क्षेत्रमा सहयोग हुनेछ ।

खाडीका राष्ट्रहरूमध्ये युएईमा पहिलोपटक साझा समिति (संयन्त्र) बनाउने सम्झौतामा हस्ताक्षर भएको परराष्ट्रका अधिकारीहरूले बताएका छन् । 'खाडी राष्ट्रमै यो पहिलो उदाहरण हो, यसलाई कोसेढुंगाका रूपमा लिनुपर्छ,' उपसचिव पन्तले कान्तिपुरसँग भने, 'नियमित भेटघाट र सम्पर्क गर्ने संयन्त्र नहुँदा पनि खाडीमा धेरै समस्या देखिएको छ, यसले समाधानमा महत्त्वपूर्ण भूमिका खेल्नेमा  विश्वस्त छौं ।'

नेपालमा छिट्टै कन्सुलेट

नेपालमा हालसम्म दूतावास नभएकाले युएईले कन्सुलेट खोल्नका लागि चासो देखाएको छ । एक वर्ष पहिलेदेखि खोल्ने भने पनि  हालसम्म खुलेको थिएन ।

कन्सुलेटमा काम गर्ने जनशक्तिको समस्या भएकाले हालसम्म नखोलिएको जानकारी पाएको उल्लेख गर्दै परराष्ट्रका अधिकारीले अब छिट्टै प्रक्रिया थाल्ने जानकारी पाएको बताए ।


'एक वर्षअघि खोल्ने भनेर पत्र आएको थियो तर विभिन्न कारणले हुन सकेको रहेनछ,' परराष्ट्रका अधिकारीले भने, 'अब यो वर्ष खुल्छ भन्ने जानकारी पाएका छौं ।'


सन् १९७७ जनवरीमा मा दौत्य सम्बन्ध भएको युएईमा नेपाली दूतावास भने अपि्रल ११, २००४ मा स्थापना भएको थियो । युएईको अवुधाबी, दुबई, सार्जां, फुजेरा गरी विभिन्न सात राज्य करिब डेढ लाख नेपाली कार्यरत छन् ।



Source: eKantipur

« Back

You can leave your response on above articles . Comments ( 0)
  Comment on News    





 

EPS-KLT Result of Nepal

Employers' Section
» Login
» Registration
Job Seekers' Section
» Login
» Registration

Japan Employment Special
» Industrial Training and Technical Internship Guidebook (Download)
» Operative Manual for Sending Organizations (Download)
» JITCO Pamphlet (Download)
» Guidelines for pre-dispatch education of trainees
-Japanese language (Download)
Load Shedding Schedule (Magh 14 66)

Copyright 2007-2009 baidesikrojgar.com. All right reservd. Free counter and web stats Website Hosted By: HostInNepal.com
Designed & Developed By: Nepal Software Developer (NSD)