Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include() [function.include]: Failed opening '../config.php' for inclusion (include_path='.:/usr/lib/php:/usr/local/lib/php') in /home/baideshi/public_html/include/news_details.php on line 57
National News किर्गिस्तानबाट दिल्ली आइपुगे नेपाली विद्यार्थी 29 June, 2010
डाक्टर बन्ने सपना लिएर किर्गिस्तान पुगेका सुशील बोहराले दुई साताअघि
त्यहाँको दक्षिणी भागमा जातीय दंगा फैलिँदा आफ्ना नाक र आँखाको अर्थ बुझे
। फरक शारीरिक बनोट भएका किर्गिजहरूले अर्को आकारका उज्वेकहरूलाई कुट्न र
मार्न थालेपछि अलपत्र परेका केही नेपाली विद्यार्थीमध्ये उनी थिए । 'मेरो
लामो नाक र ठूला आँखा ठ्याक्कै उज्वेकहरूसँग मिल्ने,' रूपाकोट, तनहुँका २६
वर्षेले भने, 'किर्गिजहरूको मंगोलियन बनोट, थेप्चो नाक ।'
मध्य
एसियाको पहाडी तथा भूपरिवेष्ठित पूर्वसोभियत मुलुक किर्गिस्तानको दोस्रो
ठूलो सहर ओसमा चिकित्साशास्त्र पढ्ने २६ नेपाली विद्यार्थीमध्ये धेरै
'लामो नाक र ठूला आँखा' भएका छन् । तर थेप्चो नाक हुने दुई जनालाई चाहिँ
उज्वेकहरूले कतिबेला आफूहरूलाई किर्गिज ठान्दै कुट्ने हुन् भन्ने चिन्ता
थियो । उनीहरू सबै ओस स्टेट युनिभर्सिटीमा पढ्छन् । २६ मध्ये २ जना केही
अगाडि नै आफ्नै खर्चमा नेपाल फर्केको, तीनजना अझै उही रहेको र २१ जना
शुक्रबार नयाँदिल्ली आइपुगेको यहाँस्थित नेपाली दूतावासका उपराजदूत खगनाथ
अधिकारीले बताए ।
भारतीय सरकार, रुसको मस्कोस्थित नेपाली दूतावास तथा त्यहाँका गैरआवासीय
नेपालीहरूको सहयोगमा आइपुगेका विद्यार्थीहरूले यहाँको नेपाली दूतावासमा
आफ्ना दुःखका क्षणबारे खुलस्त कुरा
गरे । 'विश्वविद्यालयमा हाम्रा साथी उज्वेक, किर्गिज बराबर,' मनपुर,
सिरहाका २२ वर्षे दिलीपकुमार सदाले भने, 'जातीयतामा हाम्रो मित्रता आधारित
थिएन । तर जब दंगा सुरु भयो, हामीले सुन्यौं, तिनै हाम्रा साथीले
एकअर्कालाई आक्रामण गरे ।' अवस्था डरमर्दो भएपछि एउटा छिमेका १२ नेपाली
विद्यार्थी एउटै कोठामा जम्मा भएर बसेका थिए ।
नेपालमै कलेज नपाएपछि र अन्य मुलुकभन्दा तुलनात्मक रूपमा सस्तो हुने
भएकाले कतिपय नेपाली विद्यार्थी आफ्नै खर्चमा रुस र पूर्वी सोभियत मुलुकमा
चिकित्साशास्त्र पढ्न जान्छन् । उनीहरू प्रायः पहिल्यै पढ्न गएको साथी,
आफन्त या देशका विभिन्न भागमा खुलेका विदेशी अध्ययनबारे
कन्सल्टेन्सीमार्फत त्यता जाने गर्छन् । उनीहरू विश्विद्यालय नजिकै
दुई-तीन जनाको समूहमा कोठाहरू भाडामा लिएर बस्ने गर्छन् । व्यापक रूपमा
जातीय तनाव हुने भए पनि ती मुलुकहरू सामान्यतः सानो संख्यामा रहेका
नेपालीहरूका लागि सुरक्षित नै हुने गर्छन् । 'सामान्य अवस्थामा केटीहरूका
लागि झनै बढी सुरक्षा हुन्छ,' समूहकी एक्ली महिला २५ वर्षे शान्ता
सिवाकोटीले भनिन्, 'तर कसले कसलाई मार्ने हो, कसको घरमा आगो लगाइदिने हो,
थाहा नहुने ।' हेल्थ एसिस्टेन्टको काम एक वर्ष गरेपछि सात वर्षे एमबीबीएस
पढ्न गएकी सिवाकोटी अहिले चौथो वर्षमा छिन् । दंगा सुरु हुँदा परीक्षा
चलिरहेको थियो । 'अब सेप्टेम्बरमा हुन्छ होला भनेका छन्,' उनले भनिन्,
'त्यति बेलै जानुपर्ला । पढाइ त सक्नै पर्यो, यत्रो खर्च भइसकेको छ ।'
बालरोगमा विशेषज्ञता (पोस्ट ग्य्राजुएट) हासिल गरिरहेका ३३ वर्षे डाक्टर
दिनेश छेत्री र हेल्थ असिस्टेन्टको लामो अनुभवपछि ओस गएर एमबीबीएस गरेका
जनकपुरका ४२ वर्षे शंकरप्रसाद राउतले यसै साताको दीक्षान्त समारोहबाट
डिग्री हासिल गर्ने थिए । 'अब फेरि जानुपर्ने भयो,' राउतले भने ।
अप्ठेरोमा परेका नेपाली विद्यार्थीहरूलाई ओसबाट आफ्ना नागरिकसँगै ४५ मिनेट
प्लेनमा उडाएर भारतीय दूतावसाले जुन १४ मा राजधानी विस्केक पुर्याएको
थियो । त्यहाँ उनीहरूलाई १४ दिन खाना र बासको व्यवस्था दूतावासले नै
नजिकैको एउटा होस्टलमा मिलाइदिएको थियो । त्यहींबाट उनीहरू छिमेकी रुसको
मस्कोस्थित नेपाली राजदूत सूर्यकिरण गुरुङ र गैरआवासीय नेपाली जिवा
लामिानेको सम्पर्कमा पुगेका थिए । 'उहाँहरूले हामीलाई निकै सहयोग
गर्नुभयो,' छेत्रीले भने, 'भारतले पनि हामीलाई उद्धार गर्यो । हामी
सबैलाई हृदयैदेखि धन्यवाद दिन चाहन्छौं ।' उनीहरूलाई दिल्लीसम्म उड्नका
लागि प्रतिव्यक्ति तीन सय तीस डलर दिइएको थियो । दिल्ली आएका उनीहरूमध्ये
केही यहाँस्थित दूतावासले उपलब्ध गराएको खर्चबाट शुक्रबारै बसमा नेपाल
लागेका छन् भने केही रेलबाट जान टिकटको लाइनमा लागेका छन् ।
Source: eKantipur
« Back
You can leave your response on above articles . Comments (
0)
|