Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include() [function.include]: Failed opening '../config.php' for inclusion (include_path='.:/usr/lib/php:/usr/local/lib/php') in /home/baideshi/public_html/include/news_details.php on line 57
National News बहराइनस्थित नेपालीबाट सहयोग
30 June, 2010
वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका संखुवासभाका रामकुमार गुरुङ्गको परिवारलाई बहराइनस्थित नेपालीबाट ३ लाख ४ हजार ३ सय ७ रुपैया आर्थिक सहयोग जुटेको छ ।
उक्त रकम तमु समाज बहराइनका महासचिव पदमसुन्दर गुरुङ्गले मृतकका श्रीमती रेबिनालाई राजधानीमा हालै एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
तमुलगायत बहराइनस्थित विभिन्न संघसंस्था र कम्पनीबाट उक्त रकम संकलन भएको थियो । संखुवासभा माम्लिङ्ग-९ का ३० वषर्ीय गुरुङ्ग बहराइनस्थित अब्दुल्ला सेन्टरमा काम गर्दै आएका थिए । गत मार्च २५ मा कोठामा सुतिरहेको अवस्थामा उनको रहस्यमय मृत्यु भएको थियो ।
विदेशमा काम गर्ने एक नेपालीलाई दुःख पर्दा अन्यले सहयोग गर्नु सबैको कर्तव्य रहेकाले आफूहरु जुटेर उक्त रकम जम्मा गरेको महासचिव गुरुङ्गले बताए ।
Source: eKantipur « Back
You can leave your response on above articles . Comments (
0)
|