Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include(../config.php) [function.include]: failed to open stream: No such file or directory in /home/baideshi/public_html/include/news_details.php on line 57
Warning: include() [function.include]: Failed opening '../config.php' for inclusion (include_path='.:/usr/lib/php:/usr/local/lib/php') in /home/baideshi/public_html/include/news_details.php on line 57
National News पानी जहाज दुर्घटनाको थप मुद्धा दर्ता
30 June, 2010
ठीक एक वर्ष अघि कतारको समुद्रमा भएको पानी जहाज दुर्घटनामा मृत्यु भएको थप एक नेपालीको क्षतीपुर्ती रकमको लागि नेपाली दुतावासले यहाँको श्रम विभागमा मुद्धा दर्ता गरेको छ ।
मृत्यु हुने १२ नेपाली मध्ये एक जनाको परिवारको अख्तियारनामा -पावर अफ एटर्नी) स्वदेशबाट नआएपछि मुद्धा दर्ता हुन सकेको थिएन । कटकुइया-१, बनियाँगाऊ, बाँकेका मृतक अब्बास अहमद सईको परिवारबाट अख्तियारनामा आएपछि सोमवार मुद्धा दर्ता गरेको जनाएको छ ।
कामको सिलसिलामा दुर्घटनामा परेका प्रत्येक कामदारको परिवारले ब्लड मनी स्वरुप कंपनीबाट २ लाख रियाल - ४० लाख रुपैया) क्षतीपुर्ती पाउनु पर्ने कतारको कानुनी व्यवस्था छ । दुतावासले मृतककी श्रीमती अप्सरा र आमा इस्लामाको अख्तियारनामा परराष्ट्रले प्रमाणित गरेर पठाई दिएपछि ब्लड मनीको लागि मुद्धा दर्ता गरेको हो ।
'अख्तियारनामा आएर मुद्धा दर्ता भइसक्यो, अब के हुन्छ हामी अनुगमन गर्दै जाने छौं' दुतावासले भनेको छ । मुद्धा दर्ताको लागि अख्तियारनामा र नाता प्रमाणितको प्रमाणित काजगात हुनपर्छ । उनको नाता प्रमाणितको कागजात पहिल्यै आए पनि अख्तियारनामा आएको थिएन ।
सईको परिवारको अख्तियारनामा पठाई दिन दुतावासले परराष्ट्र मन्त्रालयमा २ पटक पत्राचार गरेको थियो । तर मुद्धा दर्ता गर्ने बाँकी एक साताको म्याद जुन ३० -असार १६) हुन लाग्दा पनि आएको थिएन । अख्तियारनामा नभएर मुद्धा दर्ता हुन नसेकेको समाचार कान्तिपुको असार १० को अंकमा प्रकाशित भएको थियो ।
पानी जहाज दुर्घटनामा मृत्यु भएका अन्य ११ जनाको कागजात भने परराष्ट्र मार्फत पहिल्यै आएकोले पुष २१ गते नै उनहिरुको दर्ता भईसकेको छ । पहिल्यै दर्ता भएका मृतकको ब्लड मनी तत्काल भराई दिन दुतावासले कामदार कार्यरत कंपनी एचबीके पावर क्लिनिङलाई एक साताको म्याद दिएको थियो । उक्त म्याद विहीवार पुरा हुँदै छ ।
कतारको रस्लाफानस्थित समुद्रमा ०६६ असार १६ -२००९ जुन ३०) मा स्थानीय समय अनुसार विहान साढे ६ बजे दुर्घटनामा परी २४ कामदार मारिएका थिए । जसमध्ये १२ नेपाली र १२ भारतीय कामदार हुन् । समुद्रमा भएको ग्यास प्लान्टको सफाई गरेर र्फकदै गर्दा जहाज पल्टिदा उनीहरुको निधन भएको थियो ।
Source: eKantipur « Back
You can leave your response on above articles . Comments (
0)
|